चितवन विशेष
भरतपुरको चौविसकोठीमा खुल्यो ‘बिक फ्राइड चिकेन एण्ड बर्गर’

भरतपुर,कात्तिक १६-
चितवनको भरतपुरस्थित चौविसकोठीमा ‘बिक फ्राइड चिकेन एण्ड बर्गर’ सञ्चालनमा आएको छ । रत्ननगरको बकुलहरमा सफलतापूर्वक सञ्चालन हुँदै आएको उक्त रेष्टुरेन्टले आफ्नो पहिलो शाखाका रूपमा भरतपुर चौविसकोठीको संघाइ प्लाजामा सेवा विस्तार गरेको हो ।
विवेक हमाल र कृष्ण सापकोटाको सहकार्यमा सञ्चालनमा ल्याइएको रेष्टुरेन्टको युवा व्यवसायी ध्रुव केसीले उद्घाटन गर्नुभयो । रत्ननगरको बकुलहरमा उपलब्ध परिकार र स्वाद ग्राहकले रुचाएपछि व्यवसायलाई थप विस्तार गर्ने उद्देश्यले भरतपुरमा शाखा सञ्चालन गरिएको सञ्चालक विवेक हमालले जानकारी दिनुभयो ।
रेष्टुरेन्टमा चिकेन बकेट, बर्गर, पिज्जा, चिकेनका विभिन्न परिकारका साथै शाकाहारी खानेकुरासमेत उपलब्ध रहेको उहाँले बताउनुभयो । ग्राहकको सुविधालाई मध्यनजर गर्दै होम डेलिभरीको व्यवस्था गरिएको र तीन किलोमिटर क्षेत्रसम्म निःशुल्क डेलिभरी सेवा उपलब्ध गराइने उहाँको भनाइ छ ।
त्यसैगरी, बजारमा सञ्चालनमा रहेका यस्तै प्रकृतिका अन्य रेष्टुरेन्टको तुलनामा करिब २५ प्रतिशत सहुलियत मूल्यमा परिकार उपलब्ध गराउँदै आएको हमालले बताउनुभयो । गुणस्तरीय स्वाद, सहज मूल्य र ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने उहाँले उल्लेख गर्नुभयो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि युवा व्यवसायी ध्रुव केसीले विदेशबाट फर्किएर स्वदेशमै उद्यमशीलताको सुरुवात गरेका हमालको प्रयास प्रशंसनीय रहेको बताउनुभयो । स्वदेशमै सम्भावना खोज्दै व्यवसाय सञ्चालन गर्ने युवा उद्यमीलाई प्रोत्साहन र सहयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले जिल्लावासीलाई नयाँ व्यवसायलाई साथ दिन आग्रह गर्नुभयो । स्वदेशमै केही गर्ने उद्देश्यसहित व्यवसाय विस्तार गरिएको बताउँदै सञ्चालकले भरतपुरका ग्राहकलाई पनि गुणस्तरीय परिकार र सहज सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् ।
























