देश/प्रदेश
पैसा बिछ्याएर टिकटक बनाउने सुलभ आचार्यलाई बोलायो प्रहरीले
०

काठमाडौं, चैत २३
पैसाको ओछ्यान बनाएर टिकटकमा भिडिओ हाल्ने युवकलाई प्रहरीले सचेत गराएको छ। पैसा बिछ्याएर सुतेको भिडिओ सामाजिक सञ्जालमा देखिएपछि प्रहरीले ती युवकलाई बोलाएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिए।
महोत्तरी बर्दिबास-१ स्थायी घर भई ललितपुरको महालक्ष्मी नगरपालिका(५ टीकाथली बस्ने बस्ने Fi_Venom99 ID प्रयोगकर्ता सुलभ आचार्यलाई प्रहरीले बोलाएको हो।
सोधपुछ गर्दा उनले विदेश पढ्न जानका लागि कलेजलाई बुझाउन पर्ने पैसा रमाइलो गर्न खाटमा बिछ्याएर भिडिओ बनाएको बताएका छन्। अबदेखि त्यस्ता खालका भिडिओ बनाएर अपलोड नगर्ने शर्तमा आचार्यलाई छाडिएको डिएसपी साहले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























