कर्पोरेट

नयाँ वर्षमा भरतपुरको जेम्स वल्र्ड फन पार्कले ल्यायो भारी छुटको अफर

Banner

चितवन, चैत २३-

भरतपुर महानगरपालिका–४ लंकुमा रहेको अन्तर्राष्ट्रियस्तरको जेम्स वल्र्ड फन पार्कले नयाँ वर्षलाई लक्षित गरेर भारी छुटको अफर ल्याएको छ ।
फन पार्कको चौथो वार्षिकोत्सवको अवसरमा सो अफर ल्याएको हो ।

फन पार्कका अध्यक्ष महेश तिवारीले वैशाख १, २ र ३ गते टिकट खरिद गरी चौथो वार्षिकोत्सवको उपलक्ष्यमा १० महिनामा तीन पटक सो टिकट पुन प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको नाराययणी अनलाइनलाई जानकारी दिए । छुटको योजना ५५० र ७५० रुपैयाँको टिकटमा लागू हुने उनले जानकारी गराएका छन् । साथै ती टिकट खरिदमा प्रत्येक ग्राहकले स्पिन द ह्विल खेल खेलेर स्योर शर्ट पुरस्कार जित्न सकिने पनि फन पार्कले जनाएको छ । यो पुरस्कार तीन दिनको लागि लागू गरिने जनाइएको छ ।

अफर अनुसार फन पार्कभित्रका ड्राई ग्याम्स पाँच वटा, पानीमा हुने सम्पूर्ण खेलहरु, रेल चढ्ने देखि बालबालिकाको क्षेत्रमा राखिएका सम्पूर्ण खेलहरु टिकटबाट खेल्न सकिने छ ।

चितवनमा गर्मी लागेसँगै फनपार्कमा मानिसहरुको आकर्षण बढेको अध्यक्ष तिवारीले जानकारी दिए । उनले भने, ‘ चितवन बाहिरबाट पनि फनपार्क हेर्नको लागि आन्तरिक पर्यटकहरु नियमित आउने गरेका छन् ।’

फनपार्कमा मिनी रेल, स्विमिङ पुल, अम्ब्रेला वाटर फल, ट्याम्पोलिङ, आउट डोर प्ले ग्राउण्ड, बढी स्लाइड, मल्टी लेन रेसर, पारिवारिक स्लाइडको आनन्द लिन सकिन्छ । फन पार्कमा सानादेखि ठूला गरी १०० खेल समावेश गरिएको छ । सबै उमेर समूहलाई लक्ष्य गरी छुट्टाछुट्टै खेलको व्यवस्था गरिएको छ । फन पार्कमा रहेको चितवनकै पहिलो वाटर पार्कलाई विशेष आकर्षणको रूपमा राखिएको छ । वाटर पार्कमा दुई ठूला टनेल छन् । ४३ फिटको उचाइबाट २६५ फिट लामो टनेलमा पानीमा रम्दै झर्ने व्यवस्था गरिएको छ । चितवनमा गर्मी बढेसँगै स्विमिङ पुल र वाटर पार्कमा मानिसहरुको भीड लाग्ने गरेको पार्कले जनाएको छ । भेटघाट ग्रुपको प्रवद्र्धनमा सञ्चालिन फन पार्कमा रेस्टुरेन्ट, फुड कोर्ट, नर्सिङ स्टेसनसमेतको व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>