देश/प्रदेश

सबै प्रशासनलाई पत्राचार गर्दै मनपरी यात्रु ओसार्ने निजी गाडीलाई कारबाही गर्न गृहको निर्देशन

Banner

काठमाडौँ, चैत २३

गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी गाडीलाई कारबाही गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले हिजो सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने निजी गाडीलाई कारबाही गर्न निर्देशन दिएको हो । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आफूखुसी भाडा तोकेर यात्रु ओसार गर्ने गाडीमाथि कारबाही गर्न गृह मन्त्रालयसँग आग्रह गरेको थियो ।

महासङ्घले मङ्गलबार आफूखुसी भाडा तोकी देशभर निर्विवाद यात्रु ओसार गर्ने गरेको पाइएको भन्दै त्यस्ता गाडीलाई कारबाहीका लागि सम्बन्धित क्षेत्रलाई निर्देशन दिन आग्रह गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>