देश/प्रदेश

दिनभर मौसम सफा रहेपनि बेलुका तीव्र गतिमा हुरी चल्न सक्ने

Banner

काठमाडौँ, चैत २२-

अबको तीन दिन पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार बेलुकीपख पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि पानी पर्ने सम्भावना कम रहेको छ ।

उहाँका अनुसार पछिल्लो तीन दिन मौसम सामान्यतया सफा रहने छ । यस्तै आज देशका धेरै ठाउँमा दिउँसोपछि हावाहुरी चल्ने अनुमान गरिएको छ । विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेश र तराईका जिल्लामा तीव्र गतिमा हुरी चल्ने अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>