चितवन विशेष

उपनिर्वाचन : आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

Banner

चितवन, चैत २१–

प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको प्रक्रिया अनुसार हिजो मनोनयन दर्ता गरेका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिन्छ । कानुन अनुसार उमेदवारी दिन नमिल्ने देखिएमा उमेदवारको विरोधमा उजुरी गर्न सकिन्छ । चितवन २ मा २४ जनाको उमेदवारी परेको छ ।

उमेदवारको विरोधमा उजुरी गर्नका लागि निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय छुट्याएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दिन सकिन्छ ।

उमेदवारको विरोधमा परेको उजुरीमाथि निर्वाचन अधिकृतको कार्यालयले जाँचबुझ गरी भोलि (चैत २२ गते) साँझ ५ बजेभित्र उमेदवारको नामावली प्रकाशन गर्ने छ । चैत २३ गते उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिन चाहेमा उमेदवारी फिर्ता लिन सक्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>