देश/प्रदेश

पूर्वराजालाई र्‍यालीमा हिँडाउन रोकसहित प्रशासनले हटाउन लगायो ‘महाराजाधिराज’ लेखिएको ब्यानर

Banner

विराटनगर, चैत २०-

पूर्वराजा ज्ञानेन्द्र शाहको इनरुवामा हुने नागरिक अभिनन्दन कार्यक्रममा राखिएका केही ब्यानर स्थानीय प्रशासनले हटाउन लगाएको छ । जिल्ला प्रशासन कार्यालयको आदेशमा ‘श्री ५ महाराजाधिराज’ लेखिएका ब्यानर प्रशासनले हटाउन लगाएको हो ।

नागरिक अभिनन्दन कार्यक्रमका विषयमा हिजो साँझ आयोजक र स्थानीय प्रशासनका बीच बैठक भएको थियो । बैठकमा सरकारी अधिकारीहरूले ‘गणतन्त्रमा महाराजाधिराज नहुने’ भन्दै ब्यानर हटाउन माथिबाट दबाब आएको बताएका थिए । उनीहरूको सो भनाइपछि आफूहरू ब्यानर हटाउन सहमत भएको राप्रपाका नेता रामु पोखरेलले बताए ।

स्थानीय प्रशासनले पूर्वराजालाई सडकमा पैदल हिँड्नसमेत सुरक्षाको कारण देखाउँदै रोक लगाएको छ । सडकमा सुरक्षा दिन नसक्ने बताए पछि सिधै कार्यक्रम स्थलमा लैजाने तयारी भएको राप्रपाका नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>