इच्छकामना

चुम्लिङटारमा हाइसको ठक्करबाट मोटरसाइकलमा सवार विदेशी पर्यटक घाइते

Banner

चितवन, चैत २०–

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको चुम्लिङ्गटारमा आइतबार पर्यटक बोक्ने हाइसको ठक्करबाट मोटरसाइकलमा सवार विदेशी पर्यटक गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा न्युजिल्याण्डका नागरिक पार्खिल क्रिस्टोफर रहेका छन् । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको मुग्लिन ट्राफिक प्रहरीले जनाएको छ ।

मुग्लिनतर्फ आइरहेको मोटरसाइकल घुम्तीमा विपरित लेनमा गएर बा १ प १०३९ नम्बरको हाइसमा ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । हाइसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>