देश/प्रदेश

उडानका बेला टिकटक बनाउने हिमालय एयरलाइन्सका तीन क्याबिन–क्रु कारबाहीमा

Banner

काठमाडौँ, चैत १७

हवाई उडानका दौरान टिकटक भिडियोमा रमाएका हिमालय एयरलाइन्सका तीन जना क्याबिन–क्रु कारबाहीमा परेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहीबार काठमाडौं–दोहा रुटमा उडानमा रहेको एच९–५६३ उडान नम्बरको जहाजमा पाकिस्तानको एयरस्पेसमाथि उडिरहेको समयमा एक पुरुष र दुई महिला एयरहोस्टेस टिकटक भिडियोमा रमाइरहेका थिए ।

प्राधिकरणका अनुसार यसलाई ‘इनफ्लाइट सेफ्टी’ विरुद्धको कसुर मानिन्छ । उनीहरूलाई ३ देखि ६ महिनासम्म उड्न नपाउने गरी कारबाही गरिएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>