गण्डकी
तनहुँ-१ मा रास्वपाको पहिलो रोजाइमा स्वर्णिम वाग्ले, राजेश हमालको पनि चर्चा

तनहुँ,चैत १६-
तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन रोचक बन्ने देखिएको छ। नेपाली कांग्रेसले बिहीबारमात्रै गोविन्द भट्टराईलाई त्यस क्षेत्रमा उम्मेदवार बनाउने निर्णय लिएको छ। यस्तोमा राष्ट्रिय स्वतन्त्र पार्टीले नाम चलेका व्यक्तिहरूलाई उठाउने योजना बनाइरहेको छ। त्यहीक्रममा रास्वपा राम्रो प्रोफाइल भएका व्यक्तिलाई मैदानमा उतार्ने तयारीमा लागेको हो।
रास्वपाका पदाधिकारीहरूले दिएको जानकारी अनुसार नेपाली कांग्रेसका नेतासमेत रहेका अर्थविद् डा.स्वर्णिम वाग्ले उम्मेदवार बन्नसक्ने सूचीको पहिलो नम्बरमा छन्। यस्तै, महानायक राजेश हमालसँग पनि रास्वपाका केही नेताहरूले छलफल गरिरहेका छन्। तर, यो समाचार तयार पार्दासम्म रास्वपाले उम्मेदवारबारे निर्णय गरिसकेको छैन। स्वर्णिम तनहुँ १ का मतदाताको मनस्थिति बुझ्न व्यस्त रहेकाले निर्णयमा केही समय लाग्ने भएको छ।
रास्वपाले यसअघि नै तनुहँ १, चितवन २ र बारा २ मा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय लिइसकेको छ। उसले तीनै क्षेत्रमा चुनावी कमान्डर तोके पनि चितवन २ बाहेक अरुमा उम्मेदवार तय गरिसकेको छैन। चितवन २ मा सभापति रवि लामिछाने आफैं उठ्दैछन्।