देश/प्रदेश

गोलबजारका मेयर श्रेष्ठमाथि मोबिल छ्यापेको भन्दै राजमार्ग अवरूद्ध

Banner

काठमाडौं, चैत १५-

सिराहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेको भन्दै नेकपा एमालेका कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेका छन्।

बुधबार बिहान एक घण्टा एमालेका कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए।

‘हिजो मेयरमाथि मोबिल छ्यापेको भन्दै उहाँहरूले आज एक घण्टा चक्काजाम गर्नुभएको हो,’ उनले भने, ‘अहिले ‍स्थिति नियन्त्रणमा छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>