देश/प्रदेश
रंगशालामा लाइट जडान गरेको तस्बिर इडिट गरिएको, दाहालले भनिन्- ‘भूलवस स्टाटस पोस्ट भयो’
०

काठमाडौं,चैत १२–
आज दिनभर कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लड लाइट जडान भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालले नै स्टाटससहित तस्बिर पोस्ट गरेपछि त्यो पोस्ट माओवादी समर्थकहरुले धमाधम शेयर गरे।
तर त्यो तस्बिर फ्लड लाइट जडान गरेको नभई इडिट गरिएको पाइएकाले उनको आलोचनासमेत भयो। साँझ भने दाहालले उक्त तस्बिर साझा भएकोप्रति प्रष्टीकरण दिएकी छन्। आइतबार साँझ दाहालले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उक्त स्टाटस भूलबस पोस्ट भएको बताएकी छन्। उनले गलत सूचनाका कारण भूलवस निर्माण सम्पन्न भएको भन्ने स्टाटस पोस्ट हुन गएको बताएकी छन्। साथै शब्दलाई भन्दा पनि विषयको भावनालाई बुझिदिन अनुरोधसमेत गरेकी छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>