चितवन विशेष

गोकुलले भने–भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु, उपनिर्वाचनमा विना वैशाखी उठेर देखाउनु

Banner

चितवन, चैत १२–

नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री गोकुल बास्कोटा मिसन ग्रासरुट अभियानका क्रममा यतिबेला भरतपुरमा छन् । बास्कोटाको गृह जिल्ला काभ्रे पुगेकी कांग्रेस नेतृ आरजु राणा देउवाले गोकुल बास्कोटाको जितमा सूर्यमुखी कांग्रेसको हात रहेको टिप्पणी गरेकी थिइन्।

सामाजिक सञ्जालमार्फत बास्कोटाले उपनिर्वाचनमा बिना बैशाखी उम्मेदवार उठाएर देखाउन आरजुलाई चुनौती दिए । आरजुको टिप्पणीमा बास्कोटाले साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देखेको जवाफ दिए ।

भरतपुरबाटै कांग्रेसको दम हेर्न आतुर रहेको भन्दै बास्कोटाले उपनिर्वाचनमा बिना बैशाखी उम्मेदवार उठाएर देखाउन कांग्रेसलाई चुनौती दिएका हुन् ।

बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आरजु भाउजूले कांग्रेसलाई निक्कै बलियो ठानेको रहेछ । साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देखेछ। म भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु। लौन भाउजू ,तत्कालै हुन लागेको उपचुनावमा विना वैशाखी चार तारे उम्मेदवार उठाएर देखाउनुस् त।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>