देश/प्रदेश
सात दिन भित्र नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको सूचना
०

काठमाडौं, चैत ११
नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले स्थानीयलाई सात दिएको छ ।
शनिबार गोरखापत्रमा प्रकाशित सूचनामा नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन दिइएको हो। एक साताभित्र नदी किनारका अनधिकृत संरचना नहटाए महानगरले ती संरचना भत्काउने र त्यसको खर्च पनि सम्बन्धित व्यक्तिबाट उठाउने सूचनामा उल्लेख छ।
महानगरपालिकाले यसअघि पनि पटक(पटक यस्ता सूचना जारी गरी अनधिकृत संरचना हटाउन भनिएको स्मरण गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>