देश/प्रदेश

प्रहरीको लाठीबाट घाइते आन्दोलनकारीको उपचारका क्रममा मृत्यु

Banner

विराटनगर , चैत १०

कोशी प्रदेशको नाम खारेजी गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला प्रहरीको लाठीबाट घाइते भएका एक आन्दोलनकारीको उपचारका क्रममा मृत्यु भएको छ।

प्रदेशको नामांकनविरूद्ध आनदोलनमा जाँदा प्रहरीको लाठी लागेर घाइते भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सह(कमाण्डर पदमबहादुर लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे मृत्यु भएको हो।

प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गरी लिम्बुको मृत्यु भएको जनाएको छ।

लिम्बुलाई हेलिकप्टर चार्टर्ड गरी मेडिसिटी अस्पताल लैजाने तयारी भइरहेका बेला मृत्यु भएको समितिले जनाएको छ। लिम्बू गत चैत ५ गते विराटनगरमा आयोजित विरोध प्रदर्शनको क्रममा प्रहरीबाट कुटिएका थिए।

पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै पहिचानावादी राजनीतिक दल तथा संघ(संगठन आन्दोलनमा छन्।

४२ वर्षीय लिम्बू धरान उपमहानगरपालिका-१५ मा बसोबास गर्थे।

उनको मृत्युपछि किराँत याक्थुङ चुम्लुङ, आदिवासी जनजाति महासंघ, पहिचानसहितको प्रदेश १ पुन: नामांकन अभियान समिति, किराँत राई यायोक्खा र नेपाल शेर्पा संघले विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तिमा लिम्बुको मृत्यु प्रकरण छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>