चितवन विशेष

पटिहानीको अमर जनशक्ति क्याम्पसमा स्ववियु निर्वाचन गर्न अनेरास्ववियुको माग

०
Banner

चितवन, चैत ८–

अनेरास्ववियु क्याम्पस कमिटीले अमर जनशक्ति बहुमुखी क्याम्पस पटिहानीमा स्थगित भएको स्ववियु निर्वाचन प्रक्रियालाई तत्कालै सुचारु गर्न माग गरेको छ ।

अनेरास्ववियु क्याम्पस कमिटी उपाध्यक्ष एवम् स्ववियु अध्यक्ष पदका उमेदवार शिव गौतमले आज क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।

ज्ञापनपत्रमा नेपाली विद्यार्थी आन्दोलनको दौरानमा हाम्रा अग्रजहरुको बलिदानीपुर्ण संघर्षबाट स्थापित स्ववियु निर्वाचन चैत्र ५ गते गरिने कार्यतालिका सबै प्रक्रिया पूरा गरिएकोमा विभिन्न बाहनामा चुनावको अन्तिम चरणमा स्थगित हुनु लोकतन्त्रको सुन्दर पक्षको उपहास भएको उल्लेख छ । अनेरास्ववियुले ज्ञापनपत्रमा विद्यार्थी आन्दोलनको अविच्छिन उत्तराधिकारी निर्माण गर्ने संस्था स्ववियुको अस्तित्व नै समाप्त पार्न खोज्ने क्याम्पस प्रशासन र हरूवा विद्यार्थी संगठनहरू विद्यार्थी आन्दोलनकै धमिराहरु भएको आरोप लगाएको छ । अनेरास्ववियुले ज्ञापनपत्र बुझाएपछि प्रेषित गरेको विज्ञप्तिमा निर्वाचन हुन नदिने सत्ताधारी विद्यार्थी संगठनको रवैया र लाचार क्याम्पस प्रशासन अनि निर्वाचन समितिको घोर निन्दा एवम् भत्सर्ना गरेको छ ।

संगठनले विभिन्न बहानामा अबरुद्ध भएको अन्तिम चरणको स्ववियु निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन अनुरोध गर्दै निर्वाचन गर्ने गरी क्याम्पस प्रशासन अगाडि नबढेमा हुने उत्पन्न परिस्थिति र त्यसको क्षतिको जिम्मेवार क्याम्पस प्रशासन हुने चेतावनी समेत दिएको छ । अमर जनशक्ति क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारी विद्यार्थी संगठनले मात्रै उमेदवारी दर्ता गराएका छन् । अनेरास्ववियु चुनाव वा सहमति दुवै विषयमा छलफल गर्न तयार छ भने क्रान्तिकारीले सहमति बाट जाने बताए पनि चुनावमा अवरोध गरिरहेको छ । क्रान्तिकारीको अवरोधलाई अनेरास्ववियुले हारको मानसिकताको रुपमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>