देश/प्रदेश

अन्नपूर्ण हिमाल आरोहणका लागि ३४ जनाले पाए अनुमति

Banner

काठमाडौं, चैत ६

पर्यटकीय सिजन सुरू भएसँगै पर्यटकहरूले हिमाल आरोहणका लागि अनुमति लिन थालेका छन्।

पर्यटन विभागका अनुसार वसन्त ऋतुका लागि आइतबार (हिजो) सम्म ५० जना आरोहणका लागि अनुमति पाएका हुन्। यसमध्ये ३४ जनाले अन्नपूर्ण आरोहणका लागि अनुमति पाएका छन्।

त्यस्तै २ जनाले सुर्मा सरोवर (६५२३ मिटर), ६ जनाले पाङग्री गोलदुम्बा (६६२० मिटर), ३ जनाले मनास्लु (८१६३ मिटर) र ५ जना पर्यटकले थोराङ पिक (६१४४ मिटर) का लागि अनुमति लिएका हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>