देश/प्रदेश

होटलबाट आमा हराएपछि दुई बालबालिका अलपत्र

Banner

धनगढी, चैत ५-

कैलालीको अत्तरियामा दुई बालबालिका अलपत्र अवस्थामा भेटिएका छन् ।

प्रहरीका अनुसार अत्तरिया बसपार्क नजिकैको रौला केदार होटलमा ६ वर्षीया बालिका र उनका चार वर्षीय भाइ अलपत्र अवस्थामा भेटिएको हो । बझाङको खप्तडछान्ना घर बताउने दुवै बालबालिकालाई शनिबार होटलबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले जानकारी दिए ।

उनीहरु आमा सरिता गिरी सँगै भारतबाट आएको हुन् । तर, उनीहरुलाई होटलमा छोडेर आमा कहाँ गएको भन्ने बारे केही थाहा नभएको बरालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>