चितवन विशेष

पढेलेखेका युवाहरु नआए राजनीति कसरी सुद्रिन्छः प्रदेश कृषिमन्त्री पोखरेल

Banner

चितवन,चैत ३-

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशव प्रसाद पोखरेलले राजनीति सुधार्नका लागि पढेलेखेका युवाहरु राजनीतिमा आउनुपर्ने बताउनुभएको छ । आज (शुक्रबार) भरतपुरमा भएको नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको २८ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘राजनीति सबै नीतिहरुको पनि नीति हो । जुनसुकै आस्थाका भएपनि यो नीतिमा विशेष गरी पढे लेखेका, भिजन भएका मान्छेहरु आउन जरुरी छ, युवाले हस्तक्षेप गर्न आवश्यक छ । देशलाई अगाडि बढाउन सक्षम व्यक्तिहरु नआए राजनीति कसरी सुद्रिन्छ ।’
‘राजनीति प्रतिको असन्तुष्टीले युवाहरुमा बितिष्णा उत्पन्न भएको पोखरेलले बताउनुभयो । ‘अहिले राजनीतिमा युवाहरुको धेरै असन्तृष्टी छ । जसले राजनीतिप्रतिको रुचि घटाएको छ । अहिले युवाहरुलाई सोध्यो भने राजनीति बारे धेरै चासो छैन भन्छन्,उहाँले भन्नुभयो ।’ उहाँले राजनीति भन्दा बाहिर छु भन्नु र पृथ्वी बाहिर छु भन्नु एकै रहेको समेत बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>