खेलकुद

युएईविरूद्ध नेपालको खराब सुरूआत पहिलो २ ओभरमा दुई विकेट गुम्यो

Banner

काठमाडौँ, चैत २-

युएईले दिएको ३११ रनको बिशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरूआत गरेको छ। पहिलो २ ओभरमा ६ रन बनाउँदा दुई विकेट नेपालले गुमाएको हो।

पहिलो ओभरको तेस्रो बलमा ओपनर आशिफ शेख शुन्यमा आयन आफजाल खानको बलमा स्टम्पिङ आउट भए।

यस्तै दोस्रो ओभरको तेस्रो बलमा कुशल मल्ल व्यक्तिगत ५ रनमा आउट भए। जुनाइद सिद्धिकिको बलमा उनी आर्यन लक्राबाट क्याच आउट भए।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>