चितवन विशेष

चितवनमा पहिलोपटक मिस प्लस साइज चितवन–२०२४ हुने

Banner

चितवन, जेठ ५–

चितवनमा पहिलोपटक सुन्दरी प्रतियोगिता मिस प्लस साइज चितवन–२०२४ हुने भएको छ । ६० देखि १०५ केजीसम्म तौल समूहका महिलाहरु सहभागि हुने गरी मिस प्लस साइज चितवन आयोजना हुन लागेको हो ।

प्रतियोगितामा चितवनसंगै मकवानपुर र नवलपरासीबाट पनि सहभागिता जनाउन सकिने प्लस साइज नेपालका अध्यक्ष विष्णु बोहोराले जानकारी दिए । उनले मोटो शरीर भए पनि उनीहरु भित्र भएका क्षमता र सौन्दर्यतालाई बाहिर ल्याउन प्रतियोगिता आयोजना गरिएको बताए । उनले आफू चितवनमै हुर्किएको र पढेको भन्दै काठमाडौँ बाहिर चितवनबाटै प्रतियोगिताको सुरुवात गरिएको बताए । उनले यस प्रतियोगिताले प्लस साइज भएका महिलाहरुलाई हौसला प्रदान गर्ने विश्वास लिए ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्लस साइज नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले काठमाडौँमा मात्रै हुँदै आइरहेको कार्यक्रम अब देशका प्रमुख शहरहरुमा आयोजना गरिने बताए । त्यहाँबाट छनोट गरिने प्रतियोगीहरुलाई मिस प्लस साइज नेपालमा सहभागि गराउने र विजेताले विदेशमा हुने प्लस साइज सौन्दर्य प्रतियोगितामा सहभागि गराइने बोहोराले बताए ।

कार्यक्रममा बोल्दै चितवन स्कुल अफ फेशनका बोर्ड अफ डाइरेक्टर रञ्जित क्षेत्रीले सौन्दर्य प्रतियोगिता भन्ने वित्तिकै शरीरलाई हेर्ने गरिएको भन्दै यो विल्कुलै फरक रहेको बताए । उनले प्रतियोगीहरु भित्र भएको आन्तरिक क्षमता उजागर गर्ने र समाजमा सकरात्मक प्रभाव पार्ने हिसाबले यो प्रतियोगिता गरिएको बताए ।

प्रतियोगिता अन्तरगत अडिसन यही जेठ १६ गते चितवन स्कूल अफ फेशनमा हुनेछ । प्रतियोगिता फिनाले असारमा हुने बताईको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>