राजनीति
गठबन्धन अबको ५ वर्षसम्म एक भएर अघि बढ्नुपर्छ: विश्वप्रकाश शर्मा
०

काठमाडौं, फागुन ३०-
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको पाँच वर्ष यही गठबन्धन एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसदलाई विघटित नहुने गरी गठबन्धन दलहरू जनताको अपेक्षा पुरा गर्न एकीकृत रूपमा अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले मुलुकलाई स्थिरता राखेर नै मुलुकको विकासको आकांक्षा पूरा हुने बताए ।
अहिले राजनीतिमा वितृष्णा, अर्थतन्त्रका समस्या, व्यवसायीको पीडालगायत समस्या देखिएको भन्दै यी नकारात्मक संकेतहलाई राज्यले उचित सम्बोधन गर्नुपर्नेमा जोड दिए । बाहिर हल्ला चलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको शर्माको जिकिर थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























