देश/प्रदेश
इन्स्पेक्टरको बर्दी लगाएर मुद्दा प्रभावित पार्न खोजेको आरोपमा सशस्त्र प्रहरी जवान निलम्बित
०

काठमाडौं, फागुन २९
सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को बर्दी लगाएर मुद्दा प्रभावित पार्न खोजेको आरोपमा सशस्त्र प्रहरी जवान निलम्बित भएका छन्। सशस्त्र प्रहरी जवान संदिपकुमार साहलाई निलम्बन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
डिएसपी थापाका अनुसार उनी सशस्त्र प्रहरीको इन्स्पेक्टरको दर्ज्यानी चिन्ह भएको बर्दीमा गोरखाको इलाका प्रहरी कार्यालय आरूघाट पुगेका थिए। उनले आफू गोरखा गुल्मको इन्स्पेक्टर हुँ भन्दै कार्यालयमा परेको एक निवेदनमाथिको छलफललाई प्रभावित पार्न खोजेको आरोप छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























