राजनीति

राष्ट्रिय व्यक्तित्वलाई उपचारमा निजामती सरह सुविधा दिने तयारीमा छौं: मन्त्री मोदी

Banner

ललितपुर, फागुन २८–

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई निजामती सरह सुविधा दिने तयारी भइरहेको बताएका छन् ।

राष्ट्रिय समावेशी म्युजिक अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीमोदीले राष्ट्रिय व्यक्तिहरुको सम्मानका लागि उपचारमा निजामती सरह सुविधा उपब्ध गराउने तयारी भइरहेको बताएका हुन् । “तपाईहरुको लागि सरकारको तर्फबाट गर्न सक्ने सहयोग र समन्वय गर्न म सदैव तत्पर छु” मन्त्री मोदीले भने, “हाम्रो मन्त्रालयअन्तर्गतको निजामती सेवा अस्पतालमा अहिले निजामती सेवाकाले मात्रै सुविधा पाउँछ । अब त्यहाँ राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, सहिद तथा वेपत्ता परिवारलाई निजामती सरह सुविधा दिने गरी कार्यविधि बनाउँदैछौँ ।”

राष्ट्रिय व्यक्तित्वहरुको सम्मानका लागि आफूहरुले यो काम गर्न लागेको मन्त्री मोदीको भनाई थियो । आर्थिक समस्याका कारण कलाकारहरुले जीवनको उतराद्र्धमा उपचार समेत गर्न नसक्ने अवस्था सिजर्ना भएको भन्दै मन्त्री मोदीले भने, ‘आर्थिक अभावले तपाइहरुलाई निरास लाग्न सक्छ, राज्यका लागि पुर्याएको योगदानको मूल्यांकन भएन कि भन्ने पनि तपाइहरुलाई लाग्छ । तपाईहरुसहित राष्ट्रिय व्यक्तित्वहरुको सम्मानमा निजामती अस्पतालमा निजामती सरह उपचारमा सुविधा दिने हाम्रो तयारी छ, तपाईहरुको कलाको राज्यले उचित सम्मान गर्छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>