राजनीति

कुर्सी ठूलो होइन, काम ठूलो होः मन्त्री किराती

Banner

सर्लाही,फागुन २८-

स संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कुर्सी ठूलो नभई कुर्सीमा बस्नेले गर्ने काम ठूलो हुनुपर्ने बताउनुभएको छ ।

‘फोनिजको अभियान, सञ्चारमा पहिचान’ भन्ने मूल नाराका साथ आज आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले सर्लाहीको हरिवनमा आयोजना गरेको नीति तथा विधान कार्यक्रममा उहाँले भन्नुभयो, “अब परिवर्तन र परिणाम आउने काम हामीले गर्नुपर्छ, जुन काम सर्वसाधारण जनताले सजिलोसँग बुझ्नै पर्छ ।” उहाँले मन्त्रालय जनताको हो भन्दै जनतासँग सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो । जनताको प्रगति नै मुलुकको उन्नतिहो भन्दै उहाँले त्यसकालागिपर्यटन व्यवसायपहिलो सर्त भएको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>