देश/प्रदेश

आरआरबाट खुकुरीसहित पक्राउ परेका विद्यार्थीलाई अभद्र व्यवहार मुद्दा

Banner

काठमाडौं, फागुन २८-

काठमाडौंको रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसबाट खुकुरीसहित पक्राउ परेका विद्यार्थीमाथि प्रहरीले अभद्र व्यवहार कसूरमा अनुसन्धान अघि बढाएको छ।शनिबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मनोनयन दर्ताको विषयमा विवाद हुँदा एक विद्यार्थीले खुकुरी बोकेर क्याम्पस परिसरमा पसेका थिए।

उनी बैतडी मेलौली नगरपालिका(३ घर भई काठमाडौंको सिफल बस्ने नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठनका स्थायी समितिका सदस्य २७ वर्षीय मनोज चन्द हुन्।

उनीमाथि काठमाडौं जिल्ला प्रशासनबाट अभद्र व्यवहारको कसूरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले जानकारी दिए।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>