राजनीति

आयोगले रामसहायको उम्मेदवार कायम राखेपछि प्रमिलाले लिइन उम्मेदवारी फिर्ता

Banner

काठमाडौं, फागुन २८-

उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमिला यादवको उम्मेदवारी फिर्ता गर्ने भएकी छिन् । निर्वाचन आयोगले उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी खारेज गर्नु नपर्ने निर्णय गरेपछि प्रमिलाले उम्मेदवारी फिर्ता गर्ने भएकी हुन् । निर्धारित समयमै यादवले उम्मेदवारी फिर्ता लिने जसपा प्रवक्ता मनिष सुमनले बताए ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले यादवको उम्मेदवारी खारेजीको मागसहित निवेदन दिएका थिए । तर, आयोगले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले यादवको उम्मेदवारी कायम राखेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>