राजनीति

उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम

Banner

काठमाडौं, फागुन २८-

निर्वाचन आयोगले उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम रहने भएको छ । निर्वाचन आयोगले यादवको उम्मेदवार खारेज गर्न नपर्ने निर्णय गरेको हो ।

नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले राष्ट्रपतिभन्दा फरक लिङ्गको उम्मेदवार हुनुपर्ने भन्दै यादवको उम्मेदवारी खारेजीको माग गरेका थिए ।

संविधान अनुसार फरक लिंग वा समुदायको हुने प्रचलन देखिएकाले उपराष्ट्रपतिमा फरक समुदायका उम्मेदवार यादवको उम्मेदवारी खारेज गर्नु नगर्ने आयोगले निष्कर्ष निकालेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>