राजनीति

उपराष्ट्रपतिमा हाम्रो उम्मेदवारी फिर्ता हुँदैन: सिके राउत

०
Banner

काठमाडौं, फागुन २७-

उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनमा रहेको जनमत पार्टीको तर्फबाट ममता झाले उम्मेदवारी दिएकी छन्।बानेश्वरस्थित संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झाले उम्मेदवारी दर्ता गराएकी हुन्। अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव उनका प्रस्तावक छन्। गोमा लाभ सापकोटा, विनिता कुमारी सिंह, बसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी समर्थक छन्।

जनमत पार्टीका अध्यक्ष सिके राउतले भने उपराष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारी फिर्ता नहुने बताएका छन्।आफूहरूले सत्ता गठबन्धनमा पनि सहयोगका लागि अनुरोध गर्ने उनले बताए।

‘उपराष्ट्रपतिमा हाम्रो उम्मेदवारी फिर्ता हुँदैन। हामी गठबन्धनमा पनि यसबारे छलफल गर्नेछौं, हाम्रो उम्मेदवारलाई सहयोग गर्नु भनेर ’, उनले भने, ‘यदि भएन भने मित्रवत प्रतिस्पर्धा हुन्छ।’ उनले आफूहरू यही कारणले सत्ता गठबन्धनबाट भने नबाहिरिने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>