राजनीति
स्ववियुमा तीन ठूला विद्यार्थी संगठनको तामलेल, नेविसंघलाई सबै भन्द धेरै र अनेरास्ववियूलाई सबैभन्दा कम

काठमाडौं, फागुन २७-
त्रिभुवन विश्वविद्यालय (त्रिवि) हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन ठूला विद्यार्थी संगठनले तामलेल गरेका छन्।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी चैत ५ मा हुन लागेको स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी अन्य उपत्यका ठूला क्याम्पसमा नेविसंघ,अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल गर्ने सहमति भएको छ। जस्मा नेविसंघले १५ क्याम्पस, अनेरास्ववियु (क्रान्तिकारी)ले १० क्याम्पस र अनेरास्ववियूले ३ क्याम्पसमा स्ववियु सभापति हुनेगरी तालमेल भएको छ।
अखिल (क्रान्तिकारी) का महासचिव दिपेश पुनका अनुसार अनेरास्ववियूले आरआर, ताहाचल, बानेश्वर स्ववियु सभापति पाउने गरी सहमति गरिएको छ।
साथै, नेविसंघले सभापतिमा त्रिचन्द्र, पद्मकन्या, शंकरदेव, मिनभवन, पशुपति, पाटन, आई ओ एम महाराजगंज, टिचिङ नर्सिङ, आयुर्वेद, जनप्रशासन, सरस्वती, ग्रामीण, कोटेश्वर, भक्तपुर बहुमुखी, केआईसी कालीमाटी, शिक्षा क्याम्पस थली पाउने छ भने अनेरास्ववियु (क्रान्तिकारी) ले थापाथली, सानोठिमी, पुल्चोक, नेपाल (ल), पब्लिकयुथ, विश्वभाषा, एनआर, नेशनल ई., हिमालयन ई.,पाउने छन्।
























