राजनीति

मैले आफ्नो कार्यकालमा असम्भव भनेको काम गरेर देखाएको छुः माधव नेपाल

Banner

काठमाडौं, फागुन २५-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू प्रधानमन्त्री हुँदा असम्भव भनेको काम गरेर देखाएको दाबी गरेका छन्। राष्ट्रपतिका लागि मतदान गरेर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो कार्यकालमा असम्भव भनेको काम गरेर देखाएको बताएका हुन्।

‘मैले आफ्नो कार्यकालमा असम्भव भनेको काम गरेर देखाएको छु। चुनौतीको सामना गरेर देखाएको छु। शान्ति प्रक्रियाको त्यो महत्त्वपूर्ण काम माओवादी सेनाको कन्टेनमेन्टहरुलाई सरकारको मातहतमा ल्याउने काममा मैले नै महत्त्वपूर्ण काम गरेका छु’ उनले भने, ‘काम गर्ने असर र आँटिला मान्छेहरू पनि यस धर्तीमा छन् भन्ने सबैले बुझ्नुपर्छ।’

शान्ति प्रक्रियाको बाँकी कामलाई अन्तर्राष्ट्रिय प्रचलन अनुसार टुंगोमा पुर्‍याउनुपर्ने उनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>