निर्वाचन

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले गरे मतदान

०
Banner

काठमाडौँ, फागुन २५-

राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित मतदान स्थलमा पुगेर नेम्वाङले मतदान गरेका हुन् । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

यसैबीच मतदान अघि राष्ट्रपतिका उम्मेदवार नेम्बाङले देश र जनताका अगाडि चुनौती रहेको बताएका छन् । उनले सम्पूर्ण राजनीतिक दलहरु एक भएर जानु पर्नेमा पनि जोड दिए ।

नेम्वाङले पत्रकारसँग भने, ‘यो देशका सम्पूर्ण राजनीति दलहरु एक ठाउँमा उभिनु पर्छ, तपाईंहरुले देखिराख्नुभएको छ, अहिले देश र जनताको अगाडि चुनौती छ ।’।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>