राजनीति
रास्वपाले राष्ट्रपतिमा कसलाई मत देला ? निर्णय गर्न आज बैठक बस्दै
०

काठमाडौं, फागुन २५–
राष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्दैछ । त्यसका लागि रास्वपाले आज संसदीय दलको बैठक बोलाएको छ ।
राष्ट्रपति निर्वाचनमा कसलाई भोट हाल्ने भनेर आज बिहान ११ बजे बस्ने बैठकले निर्णय गर्ने रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले बताए । प्रतिनिधि सभामा रास्वपाका १९ जना सांसद रहेका छन् ।
आज बिहान १० बजेदेखि ३ बजेसम्म राष्ट्रपति पदको निर्वाचन हुँदैछ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।
नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा पौडेलको पक्षमा खुलेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























