देश/प्रदेश

महिला दिवसका अवसरमा नेपाल एयरलाइन्सका दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

Banner

काठमाडौं, फागुन २४-

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन्।

पाइलट भावना गिरी पन्तसँगै कोपाइलट श्रृजना राउतको टोलीले उडान भरेको हो। एयर बस ३२० जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेस सबै महिला रहेका छन्। निगमले महिला दिवसका अवसरमा एउटा उडान सबै महिला क्रू मेम्बरबाट गराएको हो।

यूएईबाट काठमाडौंका लागि आज बिहान ४ बजेर ५५ मिनेट जाँदा उडेको उक्त जहाजमा सबै क्रू मेम्बर महिला रहेको निगमले जनाएको छ।

निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार नेपालको अन्तर्राष्ट्रिय उडान इतिहासमा यो नै सबै क्रू मेम्बर महिला भएको पहिलो उडान हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>