राजनीति

देश आर्थिक संकटमा छ,अवस्था अझ बिग्रने संकेत देखियोः सुरेन्द्र पाण्डे

Banner

काठमाडौं,फागुन २३-

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे देशको आर्थिक अवस्था अझ बिग्रने संकेत देखिएको बताएका छन्। एमाले रामेछापले मंगलबार रामेछापको खाँडादेवी गाउँपालिकामा आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षणमूलक बैठकलाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था निक्कै कमजोर भएको दाबी गरेका छन्।

उपाध्यक्ष पाण्डेले राजश्व संकलन लक्ष्यअनुसार नभएको र बजेटमा नछुट्याइएको क्षेत्रमा खर्च बढेको कारण आर्थिक अवस्था थप बिग्रिँदै गएको बताए। आर्थिक संकटको कारण केन्द्र सरकारले स्थानीय तहलाई पठाउने रकम कटौती गर्न लागेको उनले बताए। त्यति मात्र होइन टेण्डर नभएका योजनालाई टेण्डरमा नलगाउन सरकारले निर्देशन दिइसकेको उनको भनाई छ।

पूर्व अर्थमन्त्री पाण्डेले देशमा देखिएको समस्यालाई हेरेर योजना बनाउनु पर्ने बताए। यस वर्ष विदेशको पैसा पनि नआउने उनले बताए। यस वर्ष ५८ अरब विदेशको अनुदान आउने भनेकोमा जम्मा ७ अर्ब रुपैँयामात्र आएको उनको भनाई छ। पाण्डेले भने,‘अनुदानको मात्र घट्दो छ, ऋण बढ्दो छ, त्यो पनि भने जति आएको छैन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>