राजनीति

हिजोको राजाजस्तो होइन, जनताको राष्ट्रपति बन्ने प्रयास गर्छुः सुवास नेम्वाङ

Banner

काठमाडौं,फागुन २२-

नेकपा (एमाले)का राष्ट्रपति उमेदवार सुवास नेम्वाङले आफू जनताको राष्ट्रपति बन्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको अभिमुखीकरण कार्यक्रममा नेम्वाङले आफू राजाजस्तो नभएर जनताको राष्ट्रपति बन्ने प्रयास गर्ने बताएका हुन् ।

म चाहिँ हिजोको राजाजस्तो होइन, जनताको राष्ट्रपति बन्ने प्रयास गर्छु, उनले अभिमुखीकरण कार्यक्रममा भनेका छन् । अभिमुखीकरण कार्यक्रममा एमालेका संघीय र प्रदेश सांसदहरू सहभागी थिए ।राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ । आठदलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>