राजनीति

प्रधानमन्त्री दाहालद्वारा नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण

Banner

काठमाडौँ, फागुन २२-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार निधन हुनुभएका नेकपा ९एकीकृत समाजवादी०का नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर प्रधानमन्त्री दाहालले नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

शनिबार काठमाडौँको शङ्खमूलस्थित एक रेष्टुरेन्टबाट खसेर नेता उपाध्यायको निधन भएको थियो । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भाइ हुनुहुन्छ । प्रधानमन्त्री दाहालले अध्यक्ष नेपाल र उहाँको परिवारजनमा समवेदना व्यक्त गर्नुभएको थियो । दिवङ्गत नेता उपाध्यायको अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर पार्टी कार्यालयमा राखिएको थियो । एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताले पनि दिवङ्गत नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>