राजनीति

जनयुद्धकालीन मुद्दा नियमित अदालतले हेर्ने हैन : बाबुराम भट्टराई

Banner

काठमाडौं, फागुन २२–

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूले ‘प्रधानमन्त्रीलाई मुद्दा लगाउन पाइँदैन’ नभनेको प्रतिक्रिया दिएका छन्।

सोमबार बिहान ट्वीट गरी भट्टराईले आफू प्रधानमन्त्री छँदा थुप्रै मुद्दा खेपेको र अदालतमा हाजिर भएको बताएका छन्। तर जनयुद्धकालीन मुद्दा नियमित अदालतले नभई सत्य निरूपण तथा मेलमिलाप आयोग ९टीआरसी०ले हेर्ने उनको तर्क छ।

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा गरेको अन्तरक्रियामा भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्याउनु भएको टिप्पणी गरेका थिए।

यसको चौतर्फीे आलोचना भएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत् प्रष्टीकरण दिएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>