राजनीति

चितवनमा स्ववियु निर्वाचन : राप्रपा निकटको विद्यार्थी संगठन नौ क्याम्पसमा दर्ता

Banner

चितवन, फागुन २२–

चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रयोजनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकटको राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन जिल्लाको नौ वटा क्याम्पसमा दर्ता भएको छ ।

जिल्लाको बिरेन्द्र बहुमुखी क्याम्पस, सप्तगण्डकी बहुमुखी क्याम्पस, मैयादेवी कन्या कलेज, माडी क्याम्पस, शहिद स्मारक कलेज, अरुणोदय कलेज, शहिद स्मृति बहुमुखी क्याम्पस, भुवानी शंकर बहुमुखी क्याम्पस र जनआदर्श बहुमुखी क्याम्पसमा राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन दर्ता भएको हो ।

बालकुमारी कलेजमा भने प्राविधिक कारणले विद्यार्थी संगठन दर्ता प्रक्रिया स्थगित भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>