देश/प्रदेश

शरद भेषवाकर र निशा अधिकारीको सम्बन्धमा दरार, निशाले हालिन् अंशवण्डाको मुद्दा

Banner

काठमाडौँ, फागुन २१–

अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकरबीचको दाम्पत्य जीवनमा दरार उत्पन्न भएको छ ।

नायिका निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध दायर गरेको अंशवण्डाको मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा अदालतले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ ।

अदालतको वेबसाइटमा उल्लेख भएअनुसार न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले उक्त आदेश दिएको हो । नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै निशाले पति शरदविरुद्ध मुद्दा हालेकी हुन् । निशाले गत भदौ २८ गते अंश चलनको मुद्दा दायर गरेकी थिइन् ।

२०७४ सालमा यी दुईले विवाह गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>