राजनीति

संक्रमणकालीन न्यायका बाँकी काम अविलम्ब पूरा गर्ने ९ दलले जनायो प्रतिवद्धता

Banner

काठमाडौँ, फागुन २१–

सर्वोच्च अदालतले संक्रमणकालीन मुद्दाको विषयलाई उठाएपछि सरकारलाई समर्थन गरेका नौं दलले संयुक्त रुपमा प्रतिक्रिया दिएका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहितका ९ दलले संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ९ दलको बैठकले शान्ति सम्झौता र संविधानको भावना अनुसार नै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नु पर्नेमा जोड दिएको छ ।

पछिल्लो समयमा संक्रमणकालीन न्यायका बारेमा उठेका धारणाबारे आफूहरुको ध्यानाकर्षण भएको भन्दै ९ दलले भनेका छन्, ‘द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिम कानून बन्ने गरी संसदको यसै अधिवेशनबाट पूरा गरिने छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>