Breaking News

भक्कानिँदै प्रचण्डले भनेः म बीचमा बरालिएँ

Banner

काठमाडौं, फागुन १८-

नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेपाली कांग्रेसलाई राष्ट्रपति दिऊँ भन्ने प्रस्ताव अस्वीकार भएपछि गठबन्धन तोडिएको खुलाएका छन् ।

बिहीबार आठ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रममा उनी निकै भावुक बनेर भक्कानिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको अन्तिम संवादमा कांग्रेसलाई राष्ट्रपति दिऊँ भन्ने प्रस्ताव राखेको र त्यो अस्वीकार भएको बताए । त्यस्तै प्रचण्डले बीचमा केही समय बरालिएको र अहिले एकै ठाउँ भएको बताए । चुनावमा जनताले दिएको मतको न्याय भएकोसमेत उनको भनाइ छ ।

प्रचण्डले आफूले विश्वासको मत लिँदा ओलीले संसद् विघटनको कुरा उठाएपछि आफूले पदका लागि विचार, मूल्यमान्यताको तिलान्जली नदिने बताएको सुनाए । ‘संसद् विघटन गर्नु सही थियो कि गलत थियो भन्ने विभेद आइसकेपछि यो गठबन्धन…। मलाई प्रधानमन्त्री त बनाउनुभयो, मैले केपीजीलाई त्यो पनि भन्ने गरेको थिएँ–तपाईंलाई धन्यवाद छ,” प्रचण्डले बैठकमा भने,‘मलाई प्रधानमन्त्री बनाइदिनुभयो । तर म प्रधानमन्त्रीका निम्ति आफ्नो राजनीतिक विचार, मूल्य, मान्यतालाई तिलाञ्जली दिन सक्दिन । मेरा लागि विचार, राजनीति, संविधान र गणतन्त्र मूल कुरा हो भनेर प्रष्ट भनेको थिएँ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>