देश/प्रदेश

छोरीको हत्या आरोपमा बुवा पक्राउ

Banner

काठमाडौं, फागुन १८-

बागलुङमा छोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जैमिनी नगरपालिका-४ सर्कुवाकी १८ महिनाकी अरिसा दिनको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले जानकारी दिए।

उनको हत्या आरोपमा बुवा २७ वर्षीय सायर दिन मियाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

ढुंगा प्रहार गरी हत्या गरी उनी फरार थिए। स्थानीयले घर रगताम्य देखेपछि प्रहरीलाई खबर गरेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>