देश/प्रदेश

रुपन्देहीमा डिएसपीसहित १४ प्रहरीलाई कारबाही

Banner

भैरहवा, फागुन १७-

रुपन्देहीमा प्रहरी वरिष्ठ नायब निरिक्षक र नायब उपरिक्षक सहित १४ प्रहरीलाई कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १ जना प्रहरी नायब उपरिक्षक, १ जना प्रहरी वरिष्ठ नायब निरिक्षक, २ जना प्रहरी नायब निरिक्षक, १ जना प्रहरी बरिष्ठ हवलदार, १ जना प्रहरी हवलदार ४ जना प्रहरी सहायक हवलदार र ३ जना प्रहरी जवानलाई कारवाही गरिएको हो ।

प्रहरी कार्यालयले दिएको तथ्याङक अनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४ जना प्रहरी कारवाहीमा परेका छन । भने आर्थिक वर्ष ०७८र७९ मा २९ जना गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्ने ६५ जना प्रहरी पुरस्कृत भएका छन ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>