चितवन विशेष

पटिहानीको अमर जनशक्ति क्याम्पसमा भएको हाजिरी जवाफ प्रतियोगितामा बीबीएस पहिलो वर्ष पहिलो

Banner

चितवन, फागुन १५–

पटिहानीमा रहेको अमर जनशक्ति क्याम्पसमा भएको अन्तर कक्षा हाजिरी जवाफ प्रतियोगितामा बीबीएस पहिलो वर्ष पहिलो भएको छ ।

सत्तारुढ माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) ले गरेको अन्तर कक्षा हाजिरी जवाफ प्रतियोगितामा १० वटा समुह सहभागी भएका थिए । प्रतियोगितामा बीबीएस दोस्रो वर्ष दोस्रो र कक्षा १२ तेस्रो स्थानमा रहन सफल भएका छन् ।

प्रतियोगिता इकाइ अध्यक्ष अमृत अधिकारीको अध्यक्षतामा भएको प्रतियोगितामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य अशोक देवकोटा, क्याम्पस प्रमुख रामप्रसाद तिवारी र नेकपा माओवादी केन्द्र भरतपुर २२ का इन्चार्ज सुमन ढकाल उपस्थित थिए । क्याम्पसका पूर्वअध्यक्ष सुरेश बास्तोला, जिल्ला सदस्यहरु अनुप प्रसाइ, बिपिन रिजाल र मनिश पौडेलले प्रतियोगितामा सहजीकरण गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>