क्रिकेट

खैरहनीमा रोकिएको प्रथम एकेडेमी लिग क्रिकेट प्रतियोगिता टिकौलीमा फागुन १७ बाट हुने

०
Banner

चितवन, फागुन १५–

खैरहनीमा रोकिएको इष्ट्रन क्रिकेट एकेडेमी (ईसीए) को आयोजनामा प्रथम एकेडेमी लिग क्रिकेट प्रतियोगिता टिकौंलीमा हुने भएको छ ।

फागुन १७ गते देखि रत्ननगर नगरपालिका वडा नंं. १० मा स्थित टिकौली जंगलको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।

यसअघि आयोजकले फागुन ११ गते देखि खैरहनी रंगशालामा क्रिकेट प्रतियोगिता हुने जानकारी दिएको थियो । खैरहनी नगरपालिकाको समन्वयको कमीले गर्दा प्रतियोगिता ६ दिन पछाडि धकेलिएको ईसीएका प्रबन्ध निर्देशक आकाश थापाले जानकारी दिए । खेलमा ६ टिमबीच प्रतिस्पर्धा हुने उनले बताए । ‘प्रतियोगितामा बीएम ब्लास्टर, टाँडी टाइटन्स, सौराहा स्याण्डर, नेप्लिज क्यानेडियन क्रिकेट क्लब, हानामी वारियर्स र भरतपुर इलेभेन गरी ६ टोलीको सहभागिता रहनेछ । प्रत्येक टोलीले १ वा २ जनासम्म राष्ट्रिय खेलाडी वा जिल्ला बाहिरका खेलाडीहरु टिममा समावेश गर्न सक्नेछन्’, उनले बताए ।

लिग जित्ने टोलीलाई नगद ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्रले सम्मान गरिनेछ । प्रतियोगितामा प्लेयर अफ द सिरिज विजेतालाई नगद १० हजार रुपैयाँ पुरस्कार राशीको व्यवस्था गरिएको छ । यस्तै बेष्ट बलर र बेष्ट ब्याट्सम्यानका लागि जनही पाँच हजार रुपैयाँले सम्मान गरिने आयोजकको भनाइ छ ।

रत्ननगर नगरपालिका वडा नं. ६ टाँडीमा रहेको यस एकेडेमीले १०० भन्दा बढी खेलाडीलाई नियमित प्रशिक्षण दिँदै आएको छ । खेलाडीहरुले नियमित गर्ने अभ्यास र प्रशिक्षणले मात्रै उनीहरुको करियर अघि बढ्ने विश्वास आयोजकले गरेको छ । करियर अघि बढाउन निरन्तरको अभ्यास र प्रशिक्षणसँगै उनीहरुलाई म्याच एक्सोपोजरको पनि आवश्यकता पर्ने भएकाले आगामी दिनहरुमा प्रतियोगितालाई निरन्तरता दिने थापाको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>