क्रिकेट

खैरहनीमा रोकिएको प्रथम एकेडेमी लिग क्रिकेट प्रतियोगिता टिकौलीमा फागुन १७ बाट हुने

Banner

चितवन, फागुन १५–

खैरहनीमा रोकिएको इष्ट्रन क्रिकेट एकेडेमी (ईसीए) को आयोजनामा प्रथम एकेडेमी लिग क्रिकेट प्रतियोगिता टिकौंलीमा हुने भएको छ ।

फागुन १७ गते देखि रत्ननगर नगरपालिका वडा नंं. १० मा स्थित टिकौली जंगलको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।

यसअघि आयोजकले फागुन ११ गते देखि खैरहनी रंगशालामा क्रिकेट प्रतियोगिता हुने जानकारी दिएको थियो । खैरहनी नगरपालिकाको समन्वयको कमीले गर्दा प्रतियोगिता ६ दिन पछाडि धकेलिएको ईसीएका प्रबन्ध निर्देशक आकाश थापाले जानकारी दिए । खेलमा ६ टिमबीच प्रतिस्पर्धा हुने उनले बताए । ‘प्रतियोगितामा बीएम ब्लास्टर, टाँडी टाइटन्स, सौराहा स्याण्डर, नेप्लिज क्यानेडियन क्रिकेट क्लब, हानामी वारियर्स र भरतपुर इलेभेन गरी ६ टोलीको सहभागिता रहनेछ । प्रत्येक टोलीले १ वा २ जनासम्म राष्ट्रिय खेलाडी वा जिल्ला बाहिरका खेलाडीहरु टिममा समावेश गर्न सक्नेछन्’, उनले बताए ।

लिग जित्ने टोलीलाई नगद ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्रले सम्मान गरिनेछ । प्रतियोगितामा प्लेयर अफ द सिरिज विजेतालाई नगद १० हजार रुपैयाँ पुरस्कार राशीको व्यवस्था गरिएको छ । यस्तै बेष्ट बलर र बेष्ट ब्याट्सम्यानका लागि जनही पाँच हजार रुपैयाँले सम्मान गरिने आयोजकको भनाइ छ ।

रत्ननगर नगरपालिका वडा नं. ६ टाँडीमा रहेको यस एकेडेमीले १०० भन्दा बढी खेलाडीलाई नियमित प्रशिक्षण दिँदै आएको छ । खेलाडीहरुले नियमित गर्ने अभ्यास र प्रशिक्षणले मात्रै उनीहरुको करियर अघि बढ्ने विश्वास आयोजकले गरेको छ । करियर अघि बढाउन निरन्तरको अभ्यास र प्रशिक्षणसँगै उनीहरुलाई म्याच एक्सोपोजरको पनि आवश्यकता पर्ने भएकाले आगामी दिनहरुमा प्रतियोगितालाई निरन्तरता दिने थापाको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>