देश/प्रदेश
मिथिला परिक्रमाका यात्रीहरूले आज कंचनवनमा रंग अविर खेलेर होलीको शुभारम्भ गर्ने
०

जनकपुरधाम, फागुन १५-
महोत्तरीको भंगहा नगरपालिका ९ स्थित कञ्चनवनमा आज १५ दिने मिथिला माध्यमिकी परिक्रमा यात्रीहरुले आपसमा होली खेल्ने भएका छन् । धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट फागुन ८ गते सुरु भएको परिक्रमा आठौं दिन कञ्चनवन आइपुग्ने भएको हो ।
त्यहाँ बृहत्तर जनकपुर क्षेत्र विकाश परिषद् र भंगहा नगरपालिकाले हरेक वर्ष जस्तै होली महोत्सवको आयोजना गरेको छ ।
आज दिउँसो परिक्रमामा सहभागी साधु सन्त, महन्थ र श्रद्धालुहरू आपसमा रंग अविर खेलेर होलीको शुभारम्भ गर्ने भंगहा नगरपालिकाका मेयर संजीव साहले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























