Breaking News

नेकपा एसलाई एमाले अध्यक्ष ओलीको पहिलो पत्र, राष्ट्रपतिमा मत दिन आग्रह

Banner

काठमाडौं, फागुन १३-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा निर्वाचनमा सहयोग गर्न माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएका छन् ।

नेकपा एमालेबाट आज सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएपछि एमालेले नेकपा एसको सहयोग मागेको हो । ओलीले माधव कुमार नेपाललाई पठाएको पत्रमा पुस १० को सहमतिलाई पनि आधार बनाएको छ । ओलीले माधव नेपाल ने‍तृत्वको नेकपा एसलाई पार्टीको मान्यता दिन हिचकिचाउने गर्दे आए पनि आज उनले उक्त पत्रमा पार्टीको नाम नै उल्लेख गरी अध्यक्ष नेपाललाई पार्टीगत रूपमा पहिलो पहिलो पत्र पठाएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>