देश/प्रदेश

माछापुच्छ्रे गाउँपालिकाका वडाध्यक्षले कुटे कर्मचारी, कारबाही गर्न माग

Banner

पोखरा, फागुन १२-

कास्कीको माछापुच्छ्रे गाउँपालिकाका–८ का वडाध्यक्ष रामबहादुर गुरुङले कर्मचारीमाथि हातपात गरेका छन् । उनको कुटपिटबाट असिस्टेन्ट सबइन्जिनियर लक्ष्मण जिसीको नाकमा चोट लागेको हो ।

शुक्रबार बिहान गाउँपालिकाको होमस्टे लागत तयार पार्ने विषयमा विवाद हुँदा वडाध्यक्ष गुरुङले असिस्टेन्ट सबइन्जिनियर लक्ष्मण जिसीमाथि हातपात गरेका थिए ।

असिस्टेन्ट सब इन्जिनियर जिसीले वडाध्यक्ष गुरुङबाट असुरक्षा भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा सुरक्षा माग गर्दै उजुरी दिएका छन् । वडाध्यक्षलाई आवश्यक कारबाही गर्न पनि उनले माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>