देश/प्रदेश
माघमा रोजगारीका लागि १६ हजार युवा पुगे मलेसिया
०

काठमाडौं, फागुन ११-
माघ महिनामा वैदेशिक रोजगारीका लागि ६४ हजार दुई सय ८४ जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो।
जसमध्ये सबैभन्दा धेरै मलेसिया जाने छन्। मलेसियाका लागि १६ हजार ६६३ जना युवाहरूले श्रम स्वीकृति लिएका छन्।
त्यस्तै मलेसियापछि नेपाली युवाहरूको आकर्षणमा साउदी र युएईमा देखिएको छ।
साउदीका लागि पाँच हजार ७४७ जनाले श्रम स्वीकृति लिएका छन्। युएईका लागि पाँच हजार १८३ जनाले श्रम स्वीकृति लिएका छन्। माघमा क्यानडा, इजरायल, कोलम्बिया, बहराइन, अस्ट्रेलिया लगायत १०० मुलुकका लागि युवाहरूले श्रम स्वीकृति लिएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























